सूचना र प्रविधिको क्षेत्रमा सबैको पुहँच पुर्‍याउन सरकार प्रतिबद्ध : मन्त्री बाँस्कोटा | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

सूचना र प्रविधिको क्षेत्रमा सबैको पुहँच पुर्‍याउन सरकार प्रतिबद्ध : मन्त्री बाँस्कोटा

gokul baskota

काठमाडौं, १९ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना र प्रविधिको क्षेत्रमा सबैको पुहँच पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सूचना र प्रविधिको क्षेत्रको विकासमा दक्षिण एशीयाली राष्ट्रहरुको भुमिका बिषयक मंगलबार काठमाडौंमा आयोजीत कार्यक्रममा मन्त्री बाँस्कोटाल सबै नागरिकमा सूचना र प्रविधिको पहुँच पुर्‍याउन सरकार दत्तचित्त भएर लागेको बताए ।

अझै पनि नेपालका ग्रामिण क्षेत्र सुचना र प्रबिधि भन्दा टाढा रहेको भन्दै उनले सरकारले चाँडै सूचना राजमार्ग विस्तार र अन्य प्रविधिको क्षेत्रमा काम गर्ने बताए । सुचना र प्रविधिको क्षेत्रको विकासको लागि दक्षिण एशियाली राष्ट्रहरुको एकता आवश्यकता रहेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष डिगम्बर झाले सबै जिल्लाको वडाहरुमा सुचनाको पुहँच पुर्‍याउनको लागि प्राधिकरण प्रतिबद्ध रहेको बताए । तीनदिने सम्मेलनमा प्रविधिको क्षेत्रमा दक्षिण एशीयाली राष्ट्रहरुका प्रविधि बिज्ञहरुबीच अनुभवको आदानप्रदान र प्रविधिको क्षेत्रमा नयाँ रणनीति तयार गर्ने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);