नेपाल र भारतका संचार तथा सूचना प्रविधि कम्पनीहरुबीच सहकार्य गर्ने सम्झौता | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

नेपाल र भारतका संचार तथा सूचना प्रविधि कम्पनीहरुबीच सहकार्य गर्ने सम्झौता

काठमाडौं, १२ फागुन । नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको पहलमा नेपाल र भारतका संचार तथा सूचना प्रविधि कम्पनीहरुबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

बुधबार काठमाडौंमा संचार तथा सुचना प्रविधिको प्रशिक्षण र विकासका लागि नेपाल र भारतका चार कम्पनीहरुबीच सम्झौता भएको हो । नेपालका आइडिया कन्सल्टिङ् प्रालि, काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजिज प्रालि, टिम भर्टेक्स बिजनेस सर्भिस नेपाल र भारतको भर्टेक्स ग्लोबल सर्भिस बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका अध्यक्ष सृजना राणाले सूचना प्रविधिको विकासका लागि यो सम्झौता महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई आइसिटी उद्योगहरुमा कसरी आवद्ध गराउन सकिन्छ भन्ने सम्बन्धमा समेत छलफल भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);