सूचना प्रविधिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने प्रधानमन्त्री ओलीको उद्घोष | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सूचना प्रविधिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने प्रधानमन्त्री ओलीको उद्घोष

pm kp oli

काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने घोषणा गरेका छन् ।

शुक्रबार ‘डिजिटल नेपाल कन्फरेन्स’ को काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउन सूचना प्रविधिको प्रयोग अति आवश्यक भएको बताए । विश्व दुनिँयामा प्रतिस्पर्धी बन्न पनि सूचना प्रविधिको प्रयोग अनिवार्य रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले उत्पीडित जनतामा खुशीयाली छाउने गरी सरकारले सुशासन र विकासमा जोड दिएको दाबी गरे । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मुलुकको सामाजिक, आर्थिक रुपान्तरणका लागि सरकारले सूचना प्रविधिको विकासमा ध्यान केन्द्रित गरेको बताए ।

कार्यक्रममा सूचना प्रविधिमार्फत् एकद्वारबाट सेवाग्राहीलाई सुविधा दिन निजामती कितावखाना र कर्मचारी संचय कोषबीच समझदारी पनि गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);