सरकार मुलुकको समृद्धि अभियानमा दृढतापूर्वक लागेको प्रधानमन्त्री ओलीको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकार मुलुकको समृद्धि अभियानमा दृढतापूर्वक लागेको प्रधानमन्त्री ओलीको दावी

pm oli nepal television

काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको समृद्धिको अभियानलाई दृढतापूर्वक अगाडि बढाई रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले मुलुकमा नयाँ–नयाँ कामको थालनी गरिरहेको र त्यसले एकपछि अर्को सफलता चूमिरहेको दावी गरे । बिहीबार नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सवका अवसरमा उनले जनताको विकासको चाहनालाई तीव्रता दिन सरकारले नयाँ–नयाँ प्रविधिको विकासमा जोड दिएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सरकारले हरेक दिन एक कदम अघि बढने संकल्प लिएको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक अघि बढाउने दृढता पनि व्यक्त गरेका छन् । कार्यक्रममा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजनीतिक कार्यकर्ताको रुपमा आउनेले नेपाल टेलिभिजनलाई गडबडी गर्ने गरेको उल्लेख गर्दै अव त्यस्ता गतिविधि हुन नदिने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);