वर्तमान सरकारले मुलुकको काँचुली फेर्ने प्रधानमन्त्री ओलीको दावी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वर्तमान सरकारले मुलुकको काँचुली फेर्ने प्रधानमन्त्री ओलीको दावी

काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकले काँचुली फेर्ने प्रतिवद्धता दोहोर्याउनु भएको छ । संविधान दिवसको अवसरमा शुक्रबार राजधानीको सैनिक मंच, टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई काँचुली फेर्ने अभियानको नेतृत्वमा आफू रहेको उल्लेख गर्दै नेपाली जनताको दशकौंको सपना पूरा हुने दावी गर्नु भयो ।

तर त्यसका लागि सबैलाई धैर्य गर्न पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । उहाँले जनताको सपनाहरुलाई साकार पार्न सरकार दृढतापूर्वक लागि परेको पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा बिभाजित हुन नसक्ने भन्दै संविधान विरोधी गतिविधिमा संलग्न नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई पनि मूलधारमा आउन पुनः आग्रह गर्नु भयो । उहाँले शान्ति, सुरक्षा र मुलुकको राष्ट्रिय एकतालाई खल्बल्याउने खालका संविधान र कानुन विपरितका गतिविधिलाई सरकारले कडाईका साथ रोक्ने चेतावनी पनि दिनु भयो ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा आफू नेतृत्वको सरकारले हालसम्मको अवधिमा हाँसिल गरेका आर्थिक बिकास र उपलब्धिका बारेमा चर्चा गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित उक्त समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);