प्रतिपक्षी दललाई विश्वासमा लिएर सरकारको नीति तथा कार्यक्रम आएको प्रधानमन्त्री दाहालको दाबी | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

प्रतिपक्षी दललाई विश्वासमा लिएर सरकारको नीति तथा कार्यक्रम आएको प्रधानमन्त्री दाहालको दाबी

१४, जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष एमालेलाई विश्वासमा लिएर सरकारले नीति तथा कार्यक्रम ल्याएको दावी गर्नु भएको छ ।

प्रतिपक्षी दललाई विश्वासमा लिएर सरकारको नीति तथा कार्यक्रम आएको प्रधानमन्त्री दाहालको दाबी

१४, जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्ष एमालेलाई विश्वासमा लिएर सरकारले नीति तथा कार्यक्रम ल्याएको दावी गर्नु भएको छ ।

व्यवस्थापिका संसदको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रम स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्ने विश्वासको वातावरण बनाउनेगरी आएको स्पष्ट पार्नुभयो । उहाँले विपक्ष दलहरुलाई विश्वासमा लिएर संविधान अनुसार ल्याइएको बजेटलाई विपक्ष दलका सांसदहरुले आलोचना गर्न नमिल्ने तर्क समेत गर्नुभयो ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन कसैले रोक्न नसक्ने उहाँको भनाइ थियो । उहाँले सरकारको नीति तथा कार्यक्रमले विगतका परम्परा र रुढिवादी मान्यतालाई अस्विकार गरिदिएको दावी समेत गर्नुभयो । प्रधानमन्त्री दाहालले आफूले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेकै कारण स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको स्पष्ट पार्नुभयो । आफूले हारेर भएपनि देश र जनताको हितका लागि स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गर्दा समेत विपक्ष दलहरुले आलोचना गरेको भन्दै गुनासो पनि गर्नु भयो ।

संविधान अनुसार ल्याउन लागिएको बजेटलाई आलोचनाको विषय नबनाउन आग्रह गर्दै उहाँले आफू इतिहास निर्माणमा लागेको र सरकारले सोही अनुसार काम गरेको दावी समेत गर्नुभयो । प्रधानमन्त्री दाहालले आफूले मुलुकको आर्थिक क्षेत्रको विकासका लागि सन्तुलित नीति लिएको दावी समेत गर्नु भयो । लोडेसेडिङको अन्त्य लगायतका आफू नेतृत्वको सरकारले गरेका कामलाई अव आउने सरकारले निरन्तरता दिएर जानुको विकल्प नरहेको उहाँको भनाइ थियो । 

Leave a Reply