शान्ति नभए विकास नहुने अध्यक्ष दाहालको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

शान्ति नभए विकास नहुने अध्यक्ष दाहालको टिप्पणी

prachanda-1

काठमाडौं, २४ बैशाख । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक नेतृत्वले राज्यका सबै संरचनाहरुलाई मुलुकमा आएको राजनीतिक परिर्वतन अनुकुल बनाउन नसकेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुदै उहाँले प्राप्त राजनीतिक परिर्वतन र उपलब्धिलाई संस्थागत गरि जनतालाई संतुष्ट बनाउने र परिर्वतन अनुसार राज्यका संरचनालाई रुपान्तरण गर्ने सवालमा राजनीतिक नेतृत्व ७० बर्ष देखि नै चुक्दै आएको टिप्पणी गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा सरकारले परिर्वतन अनुसारको संरचना नयाँ विकास गर्ने, कर्मचारी समायोजन तथा कार्यशैलीगत समस्याका कयौ जटिलताहरु सामना गर्नुपरेको बताउनुभयो ।

दाहालले मुख्य विकासको आधार कृषि र भूमिलाई नबनाएसम्म व्यवहारमा सम्मृद्धि हासिल गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले कृषिमा युवालाई आकर्षित गर्ने, कृषिमा आधारित उद्योग विकासलाई प्राथमिकता दिने सरकारको नीति तथा कार्यक्रम विकासको सन्दर्भमा नेपालको धरातल संग मिल्दो भएको बताउनुभयो । दाहालले नीति तथा कार्यक्रममाथि प्रतिपक्षीबाट आएका आलोचनात्मक भनाईलाई सकारात्मक चुनौतिको रुपमा लिएर जिम्मेबार ढंगले सरकार अघि बढ्नुपर्ने समेत उल्लेख गर्नुभयो । उहाँले देशमा विकास नभए शान्ति र शान्ति नभए विकास नहुने समेत बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);