राजनीति प्रयोग गरेर हामी राज्य बनाउँछौ : योजना आयोग उपाध्यक्ष डा. पौडेल | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

राजनीति प्रयोग गरेर हामी राज्य बनाउँछौ : योजना आयोग उपाध्यक्ष डा. पौडेल

काठमाडाैं । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले राजनीतिक नेतृत्वले मुलुकलाई विकासको गतिमा लैजाने सवालमा अकल्पनिय काम गर्न सक्ने भएकाले दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा पनि ससक्त राजनीतिक संयन्त्र र प्रतिवद्धताको खाँचो रहेको बताए ।

समाज परिर्वतन गर्न सक्ने राजनितिक शक्तिलाई दिगो विकास लक्ष्य हासिल गर्ने सन्र्दभमा पनि शक्तिको रुपमा पनि प्रयोग गर्नुपर्ने आवश्यकता उनले औल्याए । त्यसका लागि राजनैैतिक नेतृत्वबीच साझा समझदारी र प्रतिवद्धता दुवै आवश्यक रहेको उनको तर्क थियो ।

उनले भने “राजनीतिक नेतृत्व भनेको ठूलो शक्ति जम्मा गर्ने पाखुरा हो । त्यसले श्रृजनात्मक वा विध्वम्सात्मक दुवै काम गर्न सक्छ । राजनीति प्रयोग गरेर हामी राज्य बनाउँछौ । राज्य प्रयोग गरेर शक्ति जम्मा गर्छौ । शक्तिले श्रृजनात्मक वा विध्वंम्सात्मक जे भने पनि अकल्पनिय काम गर्न सक्छौ ।

विभिन्न तहमा रहेका असमानताहरुलाई राज्यले चिरफार गरेर हेर्नुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरे । उनले गाउ र शहर बीचको असमानता हटाउने विषयमा पनि राजनीतिक नेतृत्वबीच बुझाईमा स्पष्टता नभएकाले त्यसमा पनि स्पष्ट हुनुपर्ने बताए ।

जोखिमपुर्ण वस्तीको स्थानान्तरण र दिगोपना लगायतबारे पनि राजनीतिक तहमा साझा बुझाई र प्रतिवद्धता आवश्यक रहेको बताए । न्यायमा सबैको पहुँच पुराउने विषयमा सरकारले पर्याप्त काम गर्नुपर्ने अवस्था रहेको उहाँले उल्लेख गरे । न्याय लागत, त्यसको प्रक्रिया र पहुँचले पनि दीर्घकालिन विकासमा निकै ठूलो प्रभाव पार्ने तर्क उनले गरे ।

उनले भने “ लक्ष्यमा संगत हुने गरेर पक्ष लिने कि लक्ष्यमा संगत नहुने गरि पक्ष लिने ? यी कुराहरु न्यायमा जोडिन्छ । सरकारले पैसा गर्न सक्छ तर फेरी लक्ष्य हासिल गर्नका लागि राजनीतिक नेतृत्व नै खाँचो पर्छ । मान्छेको शक्ति भनेको कलेक्टिभलि काम गर्न सक्ने क्षमतामा आधारित भएको हुनाले राजनीतिक दलहरुको नेतृत्वको भूमिका छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);