सरकारले दीगो विकासको लक्ष्य हासिल गर्ने मार्गचित्र तयार | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सरकारले दीगो विकासको लक्ष्य हासिल गर्ने मार्गचित्र तयार

सरकारले दीगो विकास लक्ष्य हासिल गर्ने मार्गचित्र तयार पारेको छ । १५ वर्ष भित्र दिगो विकास लक्ष्य हासिल गर्ने संयुक्त राष्ट्रसंघको घोषणा कार्यान्वयन गर्न सरकारले नेपालको मौलिक पहिचानसहितको मार्ग चित्र तयार पारेको हो ।

yojana aayog

काठमाडौं, ७ फागुन । सरकारले दीगो विकास लक्ष्य हासिल गर्ने मार्गचित्र तयार पारेको छ । १५ वर्ष भित्र दिगो विकास लक्ष्य हासिल गर्ने संयुक्त राष्ट्रसंघको घोषणा कार्यान्वयन गर्न सरकारले नेपालको मौलिक पहिचानसहितको मार्ग चित्र तयार पारेको हो ।

राष्ट्रिय योजना आयोगले आईतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको मार्गचित्रमा नेपालको विकास, त्यसका लागि आवश्यक लगानी र त्यसलाई कार्यान्वयनमा लैजाने संघ, संस्थाहरुको सम्भाव्यता अध्ययन गर्नुपर्ने विषयलाई जोड दिइएको छ । नेपालको आर्थिक, सामाजिक र पर्यावरणीय क्षेत्रको दिगो विकास गरेर मात्रै दीगो विकास लक्ष्य हासिल गर्न सकिने अवधारणा मार्गचित्रमा उल्लेख छ ।

राज्यका सबै निकायलाई परिचालन गरेर दिगो विकास लक्ष्य हासिल गर्ने योजना बनाइएको योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णीम वाग्लेले जानकारी दिए । संयुक्त राष्ट्र संघले दिगो विकास लक्ष्य हासिल गर्नका लागि १७ वटा मूल लक्ष्यहरु निर्धारण गरेको छ । सोही लक्ष्य हासिल गर्न नेपालले मौलिक खालको मार्च चित्र तयार पारेको उपाध्यक्ष वाग्लेले बताए । मार्गचित्रमा दिगो विकास लक्ष्य हासिल गर्न नेपालमा संरचनागत र नीतिगत परिवर्तन गर्नुपर्ने आवश्यक्तामा पनि जोड दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);