दीगो विकास हासिल गर्न तीन तहकै सरकारको सहकार्य चाहिन्छ : अध्यक्ष तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

दीगो विकास हासिल गर्न तीन तहकै सरकारको सहकार्य चाहिन्छ : अध्यक्ष तिमिल्सिना

ganesh prashad timilsina

काठमाडौं, २२ असार । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीन वटै तहको सरकारको सहकार्यबाट मात्रै दीगो विकास लक्ष्य हासिल हुने बताउनु भएको छ । अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले संयुक्त राष्ट्र संघले घोषणा गरेको दीगो विकास लक्ष्य हासिल गर्न मिलेर काम गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

आईतबार संघीय संसदको दीगो विकास तथा सुशासन समितिले तयार पारेको दीगो विकास लक्ष्यसम्बन्धि प्रदेश र स्थानीय तहको अन्तरक्रियात्मक प्रतिवेदन र पोखरा अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललगायतका राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अवलोकन भ्रमणको प्रतिवेदन बुझ्दै उहाँले संघ, प्रदेश र स्थानीय तहको सरकारबीचको सहकार्यमा जोड दिनु भयो ।

समितिका अध्यक्ष तारोदेवी भट्टले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुझाउनु भएको प्रतिवेदनमा दीगो विकास लक्ष्य हासिलका लागि समितिले प्रदेश र स्थानीय तहमा गरेको अन्तरक्रियाको अनुभव समावेश गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);