दीगो विकास लक्ष्य प्राप्त गर्न सरकारद्वारा मार्गचित्र तयार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दीगो विकास लक्ष्य प्राप्त गर्न सरकारद्वारा मार्गचित्र तयार

काठमाडौं, ६ फागुन । १५ वर्ष भित्र दीगो विकास लक्ष्य हासिल गर्ने संयुक्त राष्ट्रसंघको घोषणा कार्यान्वयन गर्न सरकारले नेपालको मौलिक पहिचानसहितको मार्गचित्र तयार पारेको छ। राष्ट्रिय योजना आयोगले आईतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको मार्गचित्रमा नेपालको विकास, त्यसका लागि आवश्यक लगानी र त्यसलाई कार्यान्वयनमा लैजाने संघ, संस्थाहरुको सम्भाव्यता अध्ययन गर्नुपर्ने विषयलाई जोड दिएको छ ।

नेपालको आर्थिक, सामाजिक र पर्यावरणीय क्षेत्रको दिगो विकास गरेर मात्रै दीगो विकास लक्ष्य हासिल गर्न सकिने अवधारणा मार्गचित्रमा उल्लेख छ । राज्यका सबै निकायलाई परिचालन गरेर दीगो विकास लक्ष्य हासिल गर्ने योजना बनाइएको योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णीम वाग्लेले जानकारी दिए।

संयुक्त राष्ट्र संघले दिगो विकास लक्ष्य हासिल गर्नका लागि १७ वटा मूल लक्ष्यहरु निर्धारण गरेको छ । सोही लक्ष्य हासिल गर्न नेपालले मौलिक खालको मार्गचित्र तयार पारेको उपाध्यक्ष वाग्लेले बताए। मार्गचित्रमा दीगो विकास लक्ष्य हासिल गर्न नेपालमा संरचनागत र नीतिगत परिवर्तन गर्नुपर्ने आवश्यक्तामा पनि जोड दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);