सरकार दिगो विकास लक्ष्यहरु हासिल गर्न प्रतिबद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सरकार दिगो विकास लक्ष्यहरु हासिल गर्न प्रतिबद्ध

काठमाडौ, ५ मंसिर । सरकारले कृषि, उर्जा र पर्यटन क्षेत्रको विकासमा जोड दिएर संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरु हासिल गर्ने प्रतिवद्धता जनाएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपाल कृषि, उर्जा र पर्यटन क्षेत्रको विकासमा जोड दिएर संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरु हासिल गर्न लागि परेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको दिगो विकास’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कृषि, उर्जा र पर्यटन क्षेत्रको विकासबाट मात्रै नेपालको दिगो विकास हुने
बताए ।

उपाध्यक्ष वाग्लेले दिगो विकास लक्ष्य हासिक गर्न नेपाल सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई पनि उच्च प्राथमिकता दिएको स्मरण गरे । उनले दिगो विकास निजी क्षेत्रको सहभागिताविना सम्भव नरहेको स्पष्ट पारे । कार्यक्रममा संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल गर्न नेपालमा भईरहेको प्रयासको समिक्षा समेत गरिएको थियो ।

संयुक्त राष्ट्र संघले सन् २०३० सम्म सबै प्रकारका गरिवीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने दिगो विकास लक्ष्य लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);