सर्बोच्च अदालतमा बम भेट्टियो, इजलास छोडेर भागाभाग | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

काठमाडौं । सर्बोच्च अदालत परिसरको ३ ठाँउमा बम राखेको फोन आएपछि ईजलास स्थगित भएको छ। बम राखिएको भन्दै सर्बोच्चका महाशाखा प्रमुखलाई टेलिफोन आएपछि कर्मचारी समेत कार्यकक्ष छोडेर भागेका छन्। बम कसले राख्यो र फोन कस्ले गर्यो भन्ने खुलेको छैन। नेपाली सेना सर्बोच्च अदालत जाने तयारीमा छ।

अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै सहरजिष्टार नारायण पन्थीलाई फोन गरेपछि इजलास खाली गराइएको हो। बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्बोच्चमा पुगेको छ। भने सुरक्षाकर्मीले खानतलासी सुरु गरेका छन्।

ताजा समाचार