सर्वोच्चमा बम राखिएको भन्ने हल्ला निराधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, ५ मंसिर । प्रहरीले सर्वोच्च अदालतमा बम नभेटिएको पुष्टि गरेको छ । अज्ञात व्यक्तिले सर्वोच्च अदालतमा  बम राखिएको भन्दै सह-रजिष्टार नारायण पन्थीलाई फोन गरेपछि ईजलास नै स्थगित भएको थियो । फोन आएसँगै सबै कर्मचारी आतंकित भएका थिए ।

बम राखिएको हल्लापछि नेपाली सेनाको बम डिस्पोजल टोली सर्वोच्च पुगेको थियो । सुरक्षाकर्मीले खानतलासी गर्दा त्यहाँ कुनै पनि बम, बारुद नभेटिएको प्रहरीले जनाएको छ ।

अदालतभित्र तालिमप्राप्त कुकुर परिचालन गरेर बम राखिएको भनिएको ठाउँमा खोजी गर्दा कुनै पनि शंकास्पद बस्तु फेला नपरेको प्रहरीले जनाएको छ । फोन गरेर बम राखिएको जानकारी दिने व्यक्तिको प्रहरीले खोजी सुरु गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);