सरकार विज्ञान तथा प्रविधिको विकासमा केन्द्रित : शिक्षामन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सरकार विज्ञान तथा प्रविधिको विकासमा केन्द्रित : शिक्षामन्त्री पोखरेल

girirajmani pokhrel

काठमाडौं, १६ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्रविधिको विकासमा जोड दिएको बताएका छन् । मन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउन सरकारले विज्ञान तथा प्रविधिको विकासमा केन्द्रित भएर विभिन्न कार्यक्रम संचालन गरिरहेको दावी समेत गरे ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल गर्न सरकारले प्रविधिको विकासमा जोड दिएपनि त्यसलाई अघि बढाउन भने सहज नभएको पनि स्पष्ट परे ।

विज्ञान तथा प्रविधिको विकास नेपालको लागि सपनाको विषय भएको उल्लेख गर्दै मन्त्री पोखरेलले त्यसलाई पूरा गराउन सरकारले शैक्षिक जनशक्ति प्रक्षेपणका लागि उच्च स्तरीय निर्देशक समिति समेत बनाएको पनि स्मरण गराए ।

मन्त्री पोखरेलले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आफूले १० बुदे मार्ग चित्रनै सार्वजनिक गरेको पनि उल्लेख गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);