काठमाडौं ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले वर्तमान सरकारको मुख्य उद्देश्य सूचना प्रविधिको क्षेत्रको विकास गर्ने रहेको बताउनुभएको छ ।बिहीवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।
मन्त्री पुनले एआई, आइटीको विकासमा बढि भन्दा बढी जोड दिएर त्यसलाई उपयोगमा ल्याउने कुरालाई प्रधानमन्त्री बालेन्द्र साहले पनि जोड दिएको उल्लेख गर्नु भयो । उहाँले अनुसन्धान, रिसर्च, इनोभेशन भन्ने कुरा कागजमा लेखेर पेपरमा पबलिष्ट गर्ने विषयमात्रै नभएकाले सरकारले त्यसको उपयोगमा जोड दिने नीति लिएको पनि स्पष्ट पार्नुभयो । मन्त्री पुनले आइटीको प्रयोग गरेर उद्योगहरुको प्रवद्र्धन हुन्छ भन्नेकुरा उद्योगीहरुलाई पनि थाहा नभएको दाबी समेत गर्नुभयो ।




