तालिमप्राप्त पत्रकार नहुँदा विकृति, बिसंगति जन्मियो : मन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तालिमप्राप्त पत्रकार नहुँदा विकृति, बिसंगति जन्मियो : मन्त्री गुरुङ

काठमाडौं, २५ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारहरुलाई तालिमको आवश्यकता रहेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारहरुलाई तालिमको आवश्यकता रहेको बताउनुभएको हो ।

तालिमप्राप्त पत्रकार नहुँदा विकृति, बिसंगति जन्मिएको भन्दै उहाँले पत्रकारहरुको निम्ति तालिम केन्द्रको विकास नगरी पत्रकारीता क्षेत्रको गुणस्तर नहुने बताउनुभयो । उहाँले बिरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने पनि बताउनुभयो ।

मन्त्री गुरुङले पत्रकारहरुका लागि प्रशिक्षण प्रतिष्ठान खोल्ने कुरा सरकारको नीति कार्यक्रममा ल्याउने बताउनुभयो । पत्रकार प्रेस पासबारे कार्यविधि बनाएर वर्षैपिच्छे नविकरण गर्ने परम्पराको अन्त्य गर्ने प्रयत्न गर्ने उहाँको भनाई छ ।

मन्त्री गुरुङले पत्रकारको समस्या समाधानको निम्ति प्याकेज बनाएर अघि बढ्ने बताउनुभयो । पत्रकारहरुका लागि कोभिड १९ कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);