सांस्कृतिक विचारहरुलाई प्रवर्धन गर्न टेडएक्सको कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सांस्कृतिक विचारहरुलाई प्रवर्धन गर्न टेडएक्सको कार्यक्रम

काठमाडौं, २७ माघ । टेडएक्स पुतलीसडकले गत शनिबार एक कार्यक्रमको आयोजना गरेको छ । नवप्रवर्तन सक्रियता, उद्यमशीलता, नेतृत्व र सांस्कृतिक विचारहरुलाई प्रवर्धन गर्न ‘मुभिंग मोमेन्ट्स’ नामक सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ६ जना वक्ताहरुले व्यक्तिगत कथाहरु र विचारहरु प्रस्तुत गर्नुभएको छ । मुख्यगरी नेपाली समाज, नेतृत्व र व्यक्तिगत जीवनमा विभन्न पक्षहरुमा आधारित रहेर ती प्रस्तुतीहरु भएको हो ।

कार्यक्रममा किरण नेपालीको सांगीतिक प्रस्तुति पनि रहेको थियो । यस्तै सुनिता डंगोलको भाषा सम्बन्धी प्रस्तुति पनि कार्यक्रमको आकर्षण रहेको थियो ।

मनोज ज्ञवालीले बैंकिङ अनुभव साझा गर्नुभएको थियो भने निश्मा ढुंगाना चौधरीले मानसिक स्वास्थ्यको बारेमा आफ्नो विचार राख्दै लैंगिक असमानताका विरुद्ध लडेको यात्राको बारेमा कार्यक्रममा बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै आयोजकका तर्फबाट अजय पाण्डेयले टेडएक्सको आगामी श्रृंखला चाँडै नै आउने जानकारी दिनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);