कार्कीद्धारा लिखित नेपालको अर्थतन्त्रका आयामहरु नामक पुस्तकको विमोचन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कार्कीद्धारा लिखित नेपालको अर्थतन्त्रका आयामहरु नामक पुस्तकको विमोचन

बिन्दु अधिकारी/काठमाडौं
अर्थविद् डा. रेवत बहादुर कार्कीद्धारा लिखित नेपालको अर्थतन्त्रका आयामहरु नामक पुस्तको विमोचन भएको छ । पुर्व अर्थमन्त्री तथा नेपाली कांग्रसका नेता डाक्टर रामशरण महतले नक्सालमा आयोजना भएको एक कार्याक्रममा शुक्रबार पुस्तको विमोचन गर्नुभएको हो ।

पुस्तको विमोचन गर्दै डा. महतले उदार आर्थिक नीतिप्रति सर्वदलिय सहमति भै सुशासनको आधारमा व्यवसायिकताका साथ कार्यान्वयन क्षमता वृद्धि गर्न सकेमा मुलुकले उच्च अंकको आर्थिक वृद्धि हासिल गर्ने बताए । अर्थतन्त्रका बारेमा चासो राख्ने हरुका लागि यो पुस्तक उपयोगी रहने डा.महतको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै वरिष्ठ अर्थशास्त्री प्रा.डा.विश्वम्भर प्याकुरेलले पुस्तक भित्र रहेको नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको समालोचनात्मक प्रस्तुति, भूपरिबेष्ठितपन, क्षेत्रगत उपलब्धिको विवेचना, आर्थिक र शासकीय नीतिमा ल्याईएका परिवर्तन र तिनका प्रभावका विविध पक्षको समालोचना प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा बोल्दै पुस्तकका लेखक डा. रेवतबहादुर कार्कीले विगत ४० वर्ष देखि नेपाल तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा आर्थिक, वैकिंङ/मौद्रिक, पुँजीवजार र वाह्य क्षेत्र÷आयामसम्वन्धी काम गर्दाको अनुभवको आधारमा आफूले वुझेको नेपालको अर्थतन्त्र र यसका विभिन्न पक्षहरुको बारेमा विश्लेषण गर्ने जमर्को गरेको बताए ।

पुस्तकमा परिचयात्मक खण्ड अन्तर्गत नेपालको अर्थतन्त्र तथा यसका प्रमुख विषयवस्तुहरु र अर्थतन्त्रको झलकसहित नेपालको अर्थतन्त्रका समष्टिगत समस्या र चुनौतीहरुलाई संक्षिप्तरुपमा उल्लेख गरिएको छ । त्यस्तै माग तथा आपूर्ति पक्ष, वास्तविक क्षेत्रको वर्तमान अवस्था, महामारीबाट परेको प्रभाव र यसबाट बच्ने उपायका साथै सम्पूर्ण नेपालीले चाहेको आफ्नै जीवनकालमा देखिने समृद्धिका लागि आवश्यक पर्ने उपायहरुका बारेमा पनि पुस्तकमा सकारात्मक छलफल र व्यवहारिक उपायहरुको प्रस्ताव गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);