काठमाडौं, ३० भदौ । पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका नेता चिरञ्जीवी वाग्लेको दुई पुस्तक सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेता वाग्लेद्वारा लिखित ‘उज्यालोतिरको यात्रा’ र ‘नेपाली साहित्य: मेरो दृष्टि’ नामक दुई पुस्तक विमोचन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वाग्लेका कृतिले नेपाली साहित्यको श्रीवृद्धिमा सहयोग पुगेको विचार व्यक्त गरे । वाग्लेका यसअघि दुई उपन्यास प्रकाशन भइसकेको छ । ‘बन्धनशालामा खीर’ २०७० र ‘बलिदानले बनेको देश’ २०७२ कृति बजारमा आएका थिए ।
कार्यक्रममा काँग्रेस उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहलगायतले नेता वाग्लेको साहित्यिक जीवनको सफलताको कामना गरेका छन् ।




