प्रतिनिधिसभामा चार विधेयक पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

प्रतिनिधिसभामा चार विधेयक पारित

काठमाडौं, ३० भदौ । प्रतिनिधिसभाको शनिबार बसेको बैठकले चार वटा विधेयक पारित गरेको छ । बैठकले ‘वैयक्तिक गोपनियतासम्बन्धि विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछुत विधेयक, २०७५’, ‘अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धि विधेयक, २०७५’ र ‘वातावरण संरक्षण पहिलो संशोधन विधेयक, २०७५’ पारित गरेको हो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले वैयक्तिक गोपनियतासम्बन्धि विधेयक, २०७५ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसैगरी वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक, २०७५, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जातीय भेदभाव तथा छुवाछुत विधेयक, २०७५ र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धि विधेयक, २०७५ पारित गरियोस् भनि छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक आईतबार बिहान ११ बजेका लागि बोलाइएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);