निजगढ विमानस्थलको काम प्रभावकारी बनाउन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निजगढ विमानस्थलको काम प्रभावकारी बनाउन निर्देशन

काठमाडौं, ३० भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा प्रभावित क्षेत्रमा नकारात्मक असर पर्न नदिन सरकार सचेत रहेको स्पष्ट पारे ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो विमानस्थल निर्माणमा लागि कटान गरिएका रुख वन मन्त्रालयमार्फत् व्यवस्थापन गर्न लागिएको बताए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको अर्थतन्त्रमा कायापलट गर्ने भएकाले सो आयोजना पूरा गर्न सबैले साथ दिनुपर्ने मन्त्री अधिकारीको तर्क छ ।

मन्त्री अधिकारीले एक वर्ष भित्र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने बताए । उनले ३ वर्ष भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने उल्लेख गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको कामलाई पनि सरकारले तीव्रता दिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);