निजगढ विमानस्थल निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

निजगढ विमानस्थल निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन निर्देशन

airport nigghad

काठमाडौं, १५ असोज । संसदीय समितिले जनचासोको विषयलाई तत्काल सम्बोधन गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले वन कटान गर्ने लगायतका विवादित विषयलाई सम्बोधन गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम द्रूत गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

जनचासोको विषयलाई समेत सम्बोधन गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई द्रुत गतिमा अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति दिलकुमारी रावलले जानकारी दिइन् ।

समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम एक वर्ष भित्र सम्पन्न गर्न पनि सरकारलाई सचेत गराएको छ । त्यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई सुचारु गराउन जग्गाको मुआब्जा सम्बन्धि तत्काल व्यवस्था गर्न पनि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

समितिले पशुपति क्षेत्र विकास कोषको सम्पत्ति पारदर्शी बनाउन पनि सरकारलाई निर्देशन दिएको छ । पशुपतिनाथ दर्शनमा उठेको भेटि लगायतका सम्पत्ति पारदर्शी बनाउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति रावलले बताइन् । समितिले लुम्विनी क्षेत्र विकास कोषको गुरु योजना तत्काल निर्माण गरी कामलाई अघि बढाउन पनि सरकारलाई निर्देश गरेको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले जनचाँसोको विषयलाई सम्बोधन गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले सो विमानस्थल निर्माण गर्दा वन क्षेत्रको फडानी कमहोस् भन्नेमा सरकार सचेत रहेको पनि समिति समक्ष जानकारी गराए । मन्त्री अधिकारीले विस्तृत परियोजना प्रतिवेदन तयार पारेरै सो विमानस्थल निर्माणको काम अघि बढाएको दावी गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);