निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि वन कटान गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि वन कटान गर्न निर्देशन

ban

काठमाडौं, १३ असार । संसदीय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक वन कटानका लागि तत्काल अनुमति दिन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक वन कटान गर्न अनुमति दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको हो ।

डिपीआर हेरेर सो विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका लागि आवश्यक वन कटान गर्ने अनुमति दिन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन गरिएको समितिकी सभापति दिलकुमारी रावल थापाले जानकारी दिनु भयो । त्यसैगरी समितिले सो विमानस्थलको केन्द्र भागमा रहेको टाङ्गिया बस्तीलाई उचित ठाउँमा व्यवस्थापन गर्न पनि ढिलाई नगर्न सरकारलाई सचेत गराएको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सो विमानस्थलको कामलाई अघि बढाउन वन तथा वातावरण मन्त्रालयबाट वन कटानका लागि अनुमति पाउन नसकेको समितिलाई जानकारी गराउनु भएको थियो । उहाँले सो विमानस्थलको कामलाई अघि बढाउने गरी जग्गाको मुआब्जा वितरणको कामलाई पनि अघि बढाएको बताउनु भयो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सो विमानस्थलको कामलाई अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नु भयो । उहाँले सो विमानस्थलको डिपीआरको काम समेत सम्पन्न किन नगरेको ? भनि सरकारलाई प्रश्न पनि गर्नु भयो । बैठकमा समितिका सदस्यहरुले टाङगिया बस्तीको उचित व्यवस्थापन समेत अझै हुन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);