निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : २४ वर्षदेखिको सपनामा सर्वोच्चको धक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : २४ वर्षदेखिको सपनामा सर्वोच्चको धक्का

SUPREME_COURT

काठमाडौं, २१ मंसिर । सर्वाेच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सबै प्रक्रिया रोक्न शुक्रबार अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजालसले निजगढ विमानस्थल निर्माणको कुनै पनि प्रक्रिया अगाडि नबढाउन आदेश दिएको हो । सर्वोच्चले दुवै पक्षसँग छलफल गरेर अर्र्काे आदेश दिने र उक्त समयसम्मका लागि कुनै पनि कार्य अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो ।

विमानस्थल निर्माणका लागि कटान गर्न लागिएका रूखका विषयलाई लिएर निजगढ वन संरक्षण समितितर्फबाट पूर्वसचिव द्वारिकानाथ ढुंगेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी, रञ्जुहजुर पाण्डे, डा. चिरञ्जीवी भट्टराई, पंकजकुमार कर्ण, भरत बस्नेतलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा जंगलमा चार/पाँच सयभन्दा पुराना रूख रहेकाले कटान गर्दा जंगल विनाश हुनुका साथै वन क्षेत्रलाई कंक्रिटमा परिणत गर्ने गरी भएको सरकारी निर्णय बदर गर्न माग गरिएको छ ।

सर्वोच्चको आदेशसँगै २४ वर्षदेखि निर्माणको चर्चा पाएको निजगढ विमानस्थल निर्माणमा अर्को धक्का लागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मंसिरभित्रै विमानस्थल शिलान्यास गर्ने घोषणासमेत गरेका थिए । जसका लागि लगानी बोर्डले समेत निजगढ विमानस्थल निर्माणका लागि स्विटजरल्यान्डको जुरिच इन्टरनेसनल एयरपोर्टसँग विस्तृत प्रतिवेदन माग गरेको छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);