अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माणका लागि तत्काल रुख नकाट्न अन्तरिम आदेश जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माणका लागि तत्काल रुख नकाट्न अन्तरिम आदेश जारी

nijgadh-international-airport-nepal

काठमाडौं, ७ पुस । सर्वोच्च अदालतले निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माणका लागि तत्काल रुख नकाट्न अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले बारामा निर्माण हुन लागेको विमानस्थलका लागि रुख नकाट्न अन्तरिम आदेश जारी गरेको हो । यसअघि सर्वोच्च अदालतले गएको मंसिर २० गते रुख काट्ने कामलाई यथास्थितिमा राख्न आदेश थिएको थियो ।

त्यही विषयमा दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो । निजगढ वन संरक्षण समितितर्फबाट पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी र भरत बस्नेतलगायत संयुक्त रुपमा दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ गर्दै विमानस्थल निर्माणसम्बन्धी दुवै निवेदनलाई एकै ठाउँमा राखेर हेर्ने आदेश भएको छ ।

सरकारले दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थलका रुपमा निजगढमा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । यसअघि पनि सर्वोच्च अदालतमा विमानस्थल निर्माणका लागि रुख काट्न लागेको भन्दै त्यसको विरुद्धमा रिट दायर गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);