बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा बढी, प्रगति शुन्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा बढी, प्रगति शुन्य

बारा, २७ मंसिर । सरकारले अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थलको खाँचो महसुस गरेर अढाई दशक अघि सुरु गरेको बाराको निजगढ दोश्रो अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा बढी, तर प्रगति शुन्य देखिएको छ ।

बिमानस्थल निर्माणमा रुख कटान गर्ने विषयमा पटक–पटक बढी विवाद र चर्को बहस थालिए पछि बिमानस्थल निर्माणको मुख्य कामले प्रवेशै नपाउँदा प्रगति शुन्य देखिएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको चाँप घटाउने उद्देश्य सहित निर्माण थालिएको बाराको निजगढ बिमानस्थलमा चर्चा धरै र काम सुन्य देखिएको छ । बिमानस्थल निर्माणका लागि नेपाल भरका ८ स्थान मध्ये सबै भन्दा उपयुक्त क्षेत्रको रुपमा बाराको निजगढलाई पहिचान गरी २०५१ देखि कार्य शुरु गरिएको थियो ।

बिमानस्थल निर्माणको चर्चा भएको लामो समय भएपानी हाल चार किल्ला छुट्याउने, पसाहा खोलामा तटबन्द गर्ने कामको थालनी र केही जग्गाको मुआब्जा बितरण गर्ने बाहेक आयोजनाको काम सुरु भएको छैन ।

बिमानस्थलको निर्माणको चर्चा संगै २४ लाख रुखहरु काटिने भन्दै सर्वोच्च अदालतमा रिट परेपछी आयोजनासंग सम्बन्धीत पक्षले तथ्याङ्क नै सार्वजनिक गरी एक लाख २९ हजार हाराहारीमा मात्र रुख काट्दा हुने दावी गरीरहेका छन् ।

पूर्वयोजना अनुसार उक्त स्थानमा बिमानस्थल साथै एयरपोर्ट सिटि लगायत बनाउने तय भएकाले रुख धेरै काटीने तर अव भने एयरपोर्ट सिटि लगायत कुरा हटाइएकाले रुख नकाटिने पुर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको दावी छ ।

यता विमानस्थलको निर्माण सुरु गर्न पहिलोे बाधकका रुपमा रहेको टाँगियाबस्तीका १४ सय ७६ घरधुरीलाई अन्यत्र सार्न बाराकै कोहल्बी नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालीकाको तीन बैकल्पिक बुट्यान र झाडी रहेको स्थानको चयन गरी स्थानीय सरकारले पत्राचार गरी पर्यटन मन्त्रालयमा पुगी सकेको छ । तर पत्रको कार्यान्वयन नभए पछि बस्ती स्थानान्तरणको कामले समेत गति लिन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);