असोज ५ गते देखि आन्तरिक हवाई उडान सूचारु हुन्छ : पर्यटनमन्त्री भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

असोज ५ गते देखि आन्तरिक हवाई उडान सूचारु हुन्छ : पर्यटनमन्त्री भट्टराई

yogesh-hotel

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले असोज ५ गते देखि आन्तरिक हवाई उडान सूचारु हुने बताउनुभएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकबाट असोज ५ गते देखि आन्तरिक उडान सूचारु गर्ने निर्णय भइसकेको मन्त्री भट्टराईले बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र निर्माण सम्पन्न भएका विभिन्न चारवटा आयोजनाको उद्घाटन गर्न मंगलबार आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री भट्टराईले असोज ५ गते देखि आन्तरिक उडान सूचारुगर्ने निर्णय भइसकेको बताउनुभएको हो । उहाँले कोभिड १९ संक्रमणको अवस्थामा पनि विमानस्थलका कर्मचारी र निर्माण कम्पनीहरुले निरन्तर काम गरेकाले आयोजनाहरु समयमै सम्पन्न गर्न सम्भव भएको बताउनुभयो ।

अन्तर्राष्ट्रिय उडानलाई पनि विस्तारै पुरानै लयमा फर्किन्छ

अन्तर्राष्ट्रिय उडानलाई पनि विस्तारै पुरानै लयमा फर्किने समेत बताउनुभयो । पर्यटकहरु नेपाल ल्याउने, नेपाली नागरिकलाई ल्याउने र विभिन्न आयोजनामा काम गर्ने प्राविधिक कर्मचारीलाई ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि उडानहरुलाई विस्तारै पुरानै लयमा फर्काउन आवस्यक रहेको मन्त्री भट्टराईको भनाई छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल देशको ऐना समेत भएकाले बिमानस्थल भित्रका संरचनाहरुलाई सुधार गरिएको मन्त्री भट्टराईले बताउनुभयो । विज्ञान र प्रविधिले विकास गरेका चिजहरुलाई लागू गरी विमानस्थलको क्षमता बढाउँदै लैजाने पनि भट्टराईले बताउनुभयो । अहिले विमानस्थलको धावनमार्ग ३ सय मिटर थपिएको र पार्किङ क्षेत्र समेत थपिएकाले अवदेखि कुनैपनि जाहाज अवतरण र उडान गर्नका लागि होल्ड हुनुपर्ने अवस्थाको अन्त्य भएको समेत बताउनुभयो ।

मन्त्री भट्टराईले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको अत्याधुनिकीकरण र सुरक्षित र भरपर्दो उडानका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अधिकतम क्षमतामा सञ्चालन गरिने बताउनुभयो । निकट भविश्यमा ठूलो संख्यामा जहाज पार्किङ गर्ने र सहजै जहाजको उडान तथा अवतरण गर्ने गरी गुरुयोजना तयार पारिसकेको समेत उहाँले बताउनुभयो ।

विमानस्थलको क्षमता विस्तार योजना अन्तर्गत ३ सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पार्किङ स्थल, अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय प्रस्थान हल (स्टेराइल हल गेट लाउन्ज), अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्कवे’ र कभर्ड हल निर्माणको काम सम्पन्न भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);