केरुङ नाकामा कन्टेनर नरोक्न सरकार सँग मागः साना व्यवसायी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

केरुङ नाकामा कन्टेनर नरोक्न सरकार सँग मागः साना व्यवसायी

काठमाडौं, ३० भदौ । व्यवसायीहरुले कोरोनाका कारण केरुङ नाकामा १ हजार भन्दा बढी कन्टेनर रोकिएको भन्दै त्यसलाई नेपाल ल्याउन पहल गरिदिन सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरुले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सहित मन्त्रालयका अधिकारीहरुलाई भेटेर केरुङ नाकामा रोकिएर बसेका मालबस्तु सहितका कन्टेनर ल्याउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

महासंघका अध्यक्ष नरेश कटुवालले केरुङ नाकामा १० महिनादेखि मालबस्तु रोकिएर बसेको भन्दै छिटोभन्दा छिटो कुटनीतिक पहल गरी नेपाल ल्याउने व्यवस्था मिलादिन मन्त्री भट्टसमक्ष माग गरिएको जानकारी दिनुभयो । त्यस्तै लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपर्ने अवस्था हुँदा व्यवसायीहरुसँग बैंकको ब्यजादर र घरभाडा तिर्न सक्ने क्षमता समेत नभएकाले समय थप गर्ने व्यवस्था मिलाइदिन समेत व्यवसायीहरुले माग गरेका छन् ।

व्यवसायीहरुको भेटमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीहरुले राखेका माग जायज भएकाले मन्त्रालयले सम्बन्धित ठाउँहरुमा पहल गर्ने बताउनुभयो ।लकडाउनपछि व्यवसाय सञ्चालन गर्न चालु पूँजी समेत नभएकाले बिना धितो न्यूनतम पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन समेत व्यवसायीहरुले माग गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);