नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत मात्र हुने एडीबीको प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत मात्र हुने एडीबीको प्रक्षेपण

काठमाडौं, ३० भदौ । सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेको यो वर्ष १.५ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने अनुमान विकास साझेदारी एसियाली विकास बैंक (एडीबी)ले गरेको छ ।

एडीबीले गत अप्रिलमा सन् २०२१ को पहिलो प्रक्षेपणमा ६.४ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरिएको थियो । तर, कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको नियन्त्रणका लागि सरकारले अपनाएका निरोधात्मक कदमका कारण त्यसपछि भने आर्थिक गतिविधिहरु खुम्चन पुगे ।

एडीबीले जुन २०२१ मा ३.१ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । तर, मंगलबार तेस्रो प्रक्षेपण गर्दै एसियाली विकास बैंकले यो वर्ष १.५ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमाने गरेको छ ।

बैंकले आज मंगलबार इकोनोमिक आउटलुकमार्फत एसियाली मुलुकहरुबारे आर्थिक वृद्धिको प्रक्षेपण गरेको हो । उता, विश्वबैंकले केही समय अगाडी गरेको अनुमान २.१ प्रतिशत आर्थिक वृद्धिको छ । यी दुई निकायले गरेको अनुमान सरकारको लक्ष्यभन्दा निकै कम पाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);