केन्द्रीय तथांक विभागले यो आर्थिक वर्ष २ दशमलव २७ प्रतिशतमात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

केन्द्रीय तथांक विभागले यो आर्थिक वर्ष २ दशमलव २७ प्रतिशतमात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ

काठमाडौं, १७ वैशाख | यो आर्थिक वर्ष २ दशमलव २७ प्रतिशतमात्रै आर्थिक वृद्धिदर हुने तथ्यांक विभागको प्रक्षेपण,कोरोना भाइसरका कारण समग्र आर्थिक क्षेत्र प्रभावित । बिभागले बुधवार आर्थिक वर्ष २०७६/७७ को राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । कोरोना महामारीको प्रभाव कहिलेसम्म हुने भन्ने यकिन गर्न नसकिएको अवस्थामा यो अनुमान तयार पारिएको प्रतिवेदनमा जनाइएको छ ।

विभागले होटल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र कहिले सुचारु हुन्छन् भन्ने अनुमान गर्न नसकिए पनि अन्य क्षेत्र भने जेठबाट क्रमशः सञ्चालन हुने अनुमानसहित यो प्रक्षेपण गरिएको जनाएको छ ।यो वर्ष सरकारले ८ दशमलव ५ प्रतिशतले आर्थिक वृद्धिदर हुने लक्ष्य राखेको थियो । तर कोरोना महामारीका कारण यो लक्ष्य हासिल नहुने विश्लेषण सरकारले गरिसकेको छ ।

अन्तर्राष्ट्रिय दातृ निकायले गरेको अनुमानअनुसार नै विभागको प्रक्षेपण सार्वजनिक भएको हो । विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर १ दशमलव ५ देखि २दशमलव ८ को हाराहारीमा हुने अनुमान सार्वजनिक गरेको थियो ।यो वर्ष खानी तथा उत्खनन,उद्योग, होटल तथा रेस्टुरेन्ट, यातायात, सञ्चार तथा भण्डारण क्षेत्र ऋणात्मक हुने विभागको अनुमान छ ।

यसअघि गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धिदर ६दशमलव ७५ प्रतिशत कायम भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा भने ६दशमलव ३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);