कोरोनाकाबीच सन् २०२० मा चीनको अर्थतन्त्र २ दशमलव ३ प्रतिशतले बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कोरोनाकाबीच सन् २०२० मा चीनको अर्थतन्त्र २ दशमलव ३ प्रतिशतले बृद्धि

एजेन्सी, ५ माघ । सन् २०२० मा चिनियाँ अर्थतन्त्र २ दशमलव ३ प्रतिशतले बढेको छ । सोमबार चीनको राष्ट्रिय तथ्यांक ब्युरोले जारी गरेको प्रतिवेदनमा कोरोनाभाइरसको महामारीबीच चिनियाँ अर्थतन्त्रले सकरात्मक वृद्धि गरेको देखिएको हो ।

चिनियाँ इतिहासमा यो वृद्धिदर ४५ वर्षकै कम भए पनि सन् २०२० मा अर्थतन्त्रमा सकारात्मक वृद्धि हुने चीन एकमात्र जी–२० राष्ट्र हुने अपेक्षा गरिएको छ ।

कोरोनाभाइरसको उद्गमथलो चीनमा गत वर्ष २ दशमलव १ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो। चिनियाँ अर्थतन्त्र सन् २०१९ मा ६ प्रतिशतले बढेको थियो। यो सन् १९९०पछिको सबैभन्दा कम आर्थिक वृद्धि हो।

सन् २०२० को पहिलो त्रैमासिकमा चिनियाँ अर्थतन्त्र ६दशमलव ८ प्रतिशतले खुम्चिएको थियो। चीनले सन् २०२० का लागि आर्थिक वृद्धिको लक्ष्य राखेको थिएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);