नेपालको जीडीपीमा २.७ प्रतिशतको वृद्धि हुने विश्व बैंकको प्रक्षेपण | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २४ २०८१, शनिबार

नेपालको जीडीपीमा २.७ प्रतिशतको वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, १८ चैत । आर्थिक वर्ष २०२१-२०२२ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २ दशमलब ७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । साथै सन् २०२३ मा ५ दशलमब १ प्रतिशतले अर्थतन्त्र पुनर्उत्थान हुने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले बुधबार विज्ञप्ती जारी गर्दै दक्षिण एसियाको अर्थतन्त्र २०२१ मा ७ दशमलब २ प्रतिशत र सन् २०२२ मा ४ दशमलब ४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो । साथै बैंकले नेपालसहित बंगलादेश र पाकिस्तानको जीडीपीको आकार पनि वृद्धि हुने आशा गरेको छ । यसो हुनुमा रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि कारण रहेको उल्लेख छ ।

दक्षिण एसियामा भएको आर्थिक वृद्धि दर ऐतिहासिक हुनुमा कोरोना महामारी विरुद्धको भ्याक्सिनका अभियानको कारणले भएको विश्व बैंकले जनाएको छ ।

साथै दक्षिण एसिया मुलुकले कोरोना महामारीलाई नियन्त्रणमा राखेकाले पनि आर्थिक वृद्धिदर बढ्नुमा सहयोग पु¥याएको विश्व बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);