सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ? | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं, १८ चैत। नेपाली बजारमा बुधबार सुनको मूल्य तिन सय ९८ रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा तिन सय ९८ रुपैँयाले घटेर प्रतितोलाको ८५ हजार ६०२ रुपैँया निर्धारण गरिएको छ ।

यसअघि मंगलबार सुन प्रतितोला ८६ हजार रुपैँयामा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्यमा पनि तोलामा ३५७ रुपैयाँले घटेर ८५ हजार एक सय ५३ रुपैयाँमा कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्य तोलामा २१ रुपैयाँले घटेर ११ सय ९४ रुपैयाँमा निर्धाराण गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);