सुनको भाउ प्रतितोलामा ११ सय रुपैयाँले घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

सुनको भाउ प्रतितोलामा ११ सय रुपैयाँले घट्यो

today gold rate in enepal


काठमाडौं, ५ फागुन । नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोलामा ११ सय रुपैयाँ घटेको छ । मगंलबार प्रतितोला ९० हजार ९ सय रुपैँयामा कारोबार भएको छापावाल सुनको भाउ बुघबार ११ सयले घटेर ८९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

वित ७ महिनापछि सुनको मूल्य बुधबार पहिलो पटक ९० हजार भन्दा तल झरेको हो । कोरोना महामारीपछि लगातार उकालो चढेको सुनको मूल्य १ लाख माथि समेत पुगेको थियो । सुनको मूल्यमा भारी गिरावट हुँदा चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ।

अघिल्लो दिनको भन्दा तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४० रुपैयाँ भएको छ । मंगलबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);