सस्तियो सुनचाँदीको मूल्य भाउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सस्तियो सुनचाँदीको मूल्य भाउ

काठमाडौं । साताको दोस्रो दिन सुनको मूल्यमा गिरावट आएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९८ हजार २ सय रुपैयाँ कायम भएको छ । आइतबार तेजावी सुन ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ । चाँदी आइतबार भने १ हजार ३६० रुपैयाँमा कायम भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);