Our Network

मंसिर १४ २०७८, मंगलबार

बुधवार सुनको मूल्यमा गिरावट

काठमाडौं । बुधवार सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९२ हजार रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुुसार आज तेजावी सुनको मूल्य भने ९१ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तेजावी सुन ९२ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

उक्त दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply