मध्य भोटेकोशीको आईपीओ बाँडफाँट आउँदो शुक्रवार | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट आउँदो शुक्रवार

IPO

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति तय भएको छ । कम्पनीको आईपीओ आउँदो शुक्रवार बिहान ९ बजे बाँडफाँट हुने भएको हो । कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले कुल सेयरमध्ये ३ लाख ६० हजार कर्मचारीहरुको लागि,४ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

उक्त आईपीओमा अन्तिम दिनसम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकले ३ करोड ४३ लाख ६० हजार १० कित्ता सेयरका लागि आवेदन दिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

मागभन्दा बढी आवेदन परेकोले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँट हुनेछ । जसका आधारमा ८ लाख १९ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाउने छन् भने बाँकी १५ लाख ७४ हजार ४२८ जना आवेदकको हात खाली हुने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);