आज घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार !

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख ९ सय रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख एक हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ । यसअघि तेजावी सुनको मूलय तोलाको एक लाख ६ सय रुपैयाँ निर्धारण भएको थियो ।

यस्तै, चाँदी प्रतितोला २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोला १४ सय रुपैयाँ निर्धारण भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);