सुनको भाउ तोलामा १३ सय रुपैयाँले घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुनको भाउ तोलामा १३ सय रुपैयाँले घट्यो

काठमाडौँ, २३ पुष। नेपाली बजारमा बिहिबार सुनको भाउ प्रतितोला तोलामा १३ सय रुपैयाँ घटेको छ । बुधबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाय घटेर बिहिबार ९५ हजार चार सयमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी बिहीबारका लागि तेजाबी सुनको प्रतितोला भाउ ९४ हजार ९ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ । यस्तै बुधबारको तुलनामा बिहिबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले सस्तीएको छ ।

बुधबार प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बिहिबार १३ सय ३० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय मूल्य अनुसारनै नेपालमा पनि सुनको मूल्य उतार चढाब हुने गरेको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);