नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक आईतवारदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको छ ।
बैठकको प्रारम्भमा महामन्त्री प्रदीप पौडेलले १५ औं महाधिवेशनको तयारी, सरकारको १०० दिने समीक्षा, र समसामयिक राजनीतिक परिस्थितिसहितका विविध एजेण्डाहरू प्रश्तुत गर्नुभएको हो । बैठकको मुख्य एजेण्डाका रूपमा आगामी १५ औं महाधिवेशनको सन्दर्भमा व्यापक छलफल गर्ने र आवश्यक निर्णय लिने विषयलाई राखिएको छ । महाधिवेशनको तयारीका लागि आवश्यक नियमावली र निर्वाचन निर्देशिकाका बारेमा पनि बैठकमा छलफल हुनेछ । साथै, क्रियाशील सदस्यता अद्यावधिक र नयाँ सदस्यता वितरणको प्रक्रियालाई अन्तिम रूप दिने र महाधिवेशन तयारी समिति गठन गर्ने विषय पनि एजेण्डामा समेटिएको छ ।
महामन्त्री पौडेलकाअनुसार बैठकमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको प्रतिवेदनमाथि संक्षिप्त छलफल गरिनेछ । यसअघि केन्द्रिय कार्यसम्पादन समितिले गरेका निर्णयहरूलाई केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने कार्यसूची रहेको छ । बैठकमा वर्तमान सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्ने कार्यक्रम छ । प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली काँग्रेसको भूमिकालाई थप प्रभावकारी बनाउने र जनसरोकारका विषयमा पार्टीको धारणा स्पष्ट पार्ने गरी ठोस निर्णय लिइने महामन्त्री पौडेलले बताउनु भयो ।
तराई–मधेसमा हालै भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको छ। ती घटनाहरूको समीक्षा गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र सामाजिक सद्भाव सुदृढ बनाउन पार्टीको तर्फबाट आवश्यक रणनीति तय गरिनेछ । साङ्गठनिक विषयतर्फ सदस्यता व्यवस्थापन केन्द्रीय समितिका निर्णयहरू, जनसम्पर्क समितिका समस्या र अन्य दलबाट काँग्रेसमा प्रवेश गरेकाहरूको व्यवस्थापनका विषयमा पनि बैठकले आवश्यक निर्णय गर्नेछ । हाल १३ वटा देशमा जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेको र बाँकी देशहरूमा अधिवेशन गराउने तथा नयाँ देशहरूलाई स्वीकृति दिने प्रस्ताव पनि बैठकमा पेश गरिएको छ । बैठकमा प्रदेश सरकारहरूको विकसित राजनीतिक परिस्थिति, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान र स्वीकृति लगायतका विविध विषयमा पनि छलफल हुनेछ ।
काँग्रेस केन्द्रिय कार्यसमिति बैठकः १५ औं महाधिवेशनको तयारी र सरकारको समीक्षा मुख्य एजेण्डा
ताजा समाचार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
१३ घन्टा अघि
जनकपुरधामको गंगासागरमा निकिता पौडेलले गरिन् छठ पूजा
१३ घन्टा अघि
राष्ट्रपतिद्वारा सूर्यसहित छठी माताको पूजा आराधना
१३ घन्टा अघि
चितवनमाथि कर्णाली याक्सको जित
१३ घन्टा अघि




