कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक तिहारपछि मात्रै बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक तिहारपछि मात्रै बस्ने

congress offc

काठमाडौं, २८ असोज । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक दशै तिहार पछि बस्ने भएको छ । यसअघि दुई पटक मिति तय भएर स्थगित भएको बैठक दशै तिहार पछि मात्रै बस्ने भएको हो ।

कोरोनाको संक्रमण बढेको र धेरै जना एकैपटक भेला भएर छलफल गर्न सक्ने अवस्था नभएका कारण दशै अघि बैठक नबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । सम्भव भए कोजाग्रत पूर्णिमाको केहीदिन पछाडी सबैको पीसीआर परीक्षण गरी बैठक सञ्चालन गर्ने विषयमा पदाधिकारीबीच छलफल चलिरहेको उहाँले बताउनुभयो ।

दशै र तिहारकोबीचमा बैठक बस्न नसके तिहारपछि बस्ने शर्माले बताउनुभयो । विशेषगरी महाधिवेशनको सन्दर्भमा छलफल गर्न केन्द्रिय समिति बैठक बोलाइएको हो । पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले लिखित रुपमा पेश गरेको असन्तुष्टिका विषयमा पनि बैठकमा छलफल गर्ने एजेण्डा रहेको थियो ।

प्रवक्ता शर्माले फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि अब बस्ने बैठकमा छलफल हुने बताउनुभयो । फागुनमा महाधिवेशन सम्पन्न नभए जेठमा गर्ने गरी तयारी गरिने उहाँले बताउनुभयो ।

यसअघि पहिलो पटक असोज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रिय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भएपनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);