बाबुराम भट्टराईले लगाएको आरोपको प्रमाण पेश गर्न नेकपाको चुनौती | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाबुराम भट्टराईले लगाएको आरोपको प्रमाण पेश गर्न नेकपाको चुनौती

Narayan-kaji-Shrestha

काठमाडौं, २८ असोज । नेपाल कम्युनिस्ट पार्टी नेकपाले बुढीगण्डकी जलविद्युत आयोजनामा घुस लिएको भनी पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले लगाएको आरोपको प्रमाण पेश गर्न चुनौती दिएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार प्रेस वक्तव्य जारी गरी भट्टराईको अभिव्यक्ति आधारहीन, झुठ, गलत, कपोलकल्पित एवं दूरासयपूर्ण रहेको भन्दै पूर्ण रुपमा खारेज र भत्र्सना गरेको उल्लेख गर्नु भएको छ ।

केही दिनअघि गृहजिल्ला गोरखामा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको दावी गर्नुभएको थियो । नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाले घुस लिएको प्रमाण पेश गर्न भट्टराईलाई चुनौती दिएको हो ।

नेकपाको विज्ञप्तिमा त्यससम्बन्धी कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिइएको छ । राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैर जिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमायाचना हुनुपर्ने पनि नेकपाको माग छ ।

बाबुरामको उक्त आरोपको नेपाली कांग्रेसले यसअघि नै विज्ञप्ति निकालेर विरोध जनाइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);