बाबुराम पनि आइपुगे अर्ली इलेक्सनको पक्षमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बाबुराम पनि आइपुगे अर्ली इलेक्सनको पक्षमा

baburam bhattarai

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको एमाले सरकारलाई ढालेर वैकल्पिक सरकार गठनको दौडमा लागेका जनता समाजवादी पार्टी जसपाका नेता बाबुराम भट्टराई पनि अर्ली इलेक्सनको पक्षमा आएका छन् ।

केपी ओली नेतृत्वको सरकारलाई ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकार बनाउने चाहना पुरा नहुने देखिएपछि भट्टराई अर्ली इलेक्सनको पक्षमा देखिएका हुन् । यस अघि उनी कांग्रेस नेतृत्वमा माओवादी र जसपा सम्मिलित सरकार बनाउने खेलमा लागेका थिए ।

कांग्रेस माओवादीसँग मिलेर सरकारमा जाने विषयमा जसपामा विवाद भएपछि उनको सो इच्छा पुरा हुन नसकेको हो । आफ्नै पार्टी भित्रको विवाद मिलाउन नसकेपछि भट्टराईले चुनावी सरकार गठन लगायतका सुझाव सामाजिक सञ्जाल ट्विट मार्फत सार्वजनिक गरेका छन् ।

भट्टराईले चुनावी सरकार बनाउने कुरा गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने र आफू समेत हर्ताकर्ता हुन मिल्ने गरी प्रस्ताव गरेका छन् ।

भट्टराईको पहिलो प्रस्ताव छ, संविधानको धारा ७६(२) बमोजिम सबै दलको सहभागीतामा चुनावी सरकार बनाउने । त्यो सरकार वर्तमान र पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा बनाउने भट्टराईको प्रस्ताव छ ।

उनका अनुसार त्यसमा दलका प्रमुख एवं पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति गठन गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीको हैसियतले भट्टराईले आफूलाई त्यहाँ सुरक्षित गर्न खोजेको बताइएको छ ।

यसैगरी साझा न्यूनतम कार्यक्रम तय गर्न उनले सुझाव दिएका छन् । जसमा कोभिड नियन्त्रण, सत्य तथ्य छानविन आयोग, मुद्दा, संविधान संशोधन र आर्थिक राहत लगायतका कुरालाई राख्न सकिने उनको सुझाव छ । भट्टराईले एक वर्षभित्र चुनाव गर्न प्रस्ताव गरेका छन् ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);