भ्यागुताको धार्नी बन्दै नयाँ सत्तासमीकरण (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

भ्यागुताको धार्नी बन्दै नयाँ सत्तासमीकरण (भिडियाेसहित)

शुक्रबार अपरान्ह नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पमा सरकार बनाउने योजना अन्तर्गत बसेको राजनैतिक बैठक बिना निष्कर्ष नै टुंगियो । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको झण्डै एक सातापछि देउवा निवासमा आयोजित सत्ता समीकरणबारको छलफलमा जनता समाजवादी पार्टी जसपाले आफ्नो निर्णय नसुनाएकै कारण सो भेला अनिर्णित बन्न पुगेको हो ।

कांग्रेस माओवादी केन्द्र र जसपाका शीर्ष नेता उपस्थित भएको सो जमघटमा काँग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलीका विकल्पमा तत्कालै नयाँ समिकरण बनाएर जानु पर्ने, ओलीलाई मुलुकले धेरै भान्न नसक्ने बताएका हुन् । जसपाका नेताहरु भने आफ्ना पुरानै रागलाई निरन्तरता दिंदै यतिबेला ओली सरकारले आफ्ना पुराना मागहरुलाई सम्बोधन गर्ने दिशामा कामकारवाही अगाडि बढाई सकेकाले अहिले नै आफुहरु ठोस निर्णयमा पुग्न नसक्ने भन्दै पन्छिएका थिए ।

संसदको गणितकै हिसाबले पनि काँग्रेस र माओवादी तातिएकै भरमा सरकारका विरुद्धमा बन्ने समिकरण सफल हुँदैन । यसका लागि यो समिकरणमा जसपाको संलग्नता अत्यावश्यक नै छ । यस्तोमा जसपाले मान खोज्नुलाई अस्वभाविक मान्न सकिन्न । यो मात्रै हैन, जसपाभित्रको आन्तरिक विवादले पनि सरकार र सरकारविरोधी मोर्चामा सहभागी हुने बिषयमा निर्णय लिन नेतृत्वलाई गाह्रो पर्दै आएको अर्को सत्य हो ।

जसपा भित्रै नेता महन्थ ठाकुर र राजेन्द्र महतो वर्तमान ओली सरकारप्रति सहिष्णु देखिएका छन् भने उता उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव सरकार विरोधी मोर्चामा संलग्न हुन पर्ने पक्षमा छन् । जसपाभित्रको यो अन्तरद्वन्दकै कारण शुक्रबार देउवा निवासमा बसेको नयाँ सत्ता समिकरण निर्माण गर्ने सरकार ईतर दलहरुको योजना सफल हुन नसकेको हो । उता नेपाली काँग्रेसभित्रै पनि सत्ता समिकरणको बिषयमा मतभिन्नता रहेको छ ।

पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल दलिय समिकरण बनाएर सरकारको नेतृत्व गर्न काँग्रेस अगाडि बढ्नु पर्ने भन्दै आएका छन् । तर, वर्तमान राजनीतिक स्थितीमा सरकार विरोधी समिकरण बनिहाले पनि त्यो गणितीय हिसाबले पक्का नहुने भएकाले काँग्रेस सरकारमा जाने भन्दा पनि सरकारलाई चाँडो भन्दा चाँडो निर्वाचन घोषणा गर्न दवाव दिएर नयाँ जनादेशका लागि निर्वाचनमै जानु उपयुक्त हुने पक्षमा देखिएका छन् ।

यसरी हेर्दा जसपाको सरकार पक्षमा रहेको महन्थ खेमा र काँग्रेस सभापति देउवाको अन्तर भावना दुबै यतिबेला सरकार अनुकुल देखिएकै कारण पनि अहिले देखिएको नयाँ सत्ता समिकरणको खेलमा देखाउनकै लागि मात्रै देउवा लागेको स्पष्ट छ । नयाँ सरकार गठनका विषयमा छलफल गर्न भन्दै देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बोलाएको बैठक परिणामुखी भन्दा पनि माओवादी केन्द्र र पार्टीभित्र पौडेल पक्षको चित्त बुझाइ दिन आह्वान गरेका हुन् भन्दा फरक नपर्ला ।

पछिल्ला दिनहरुमा काँग्रेस सभापति देउवा, चुनावमा जाँदा कांग्रेसलाई फाइदा हुने विश्लेषण गरेर बसेका छन् । जुन हिजो प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि देउवाले गरेका थिए र अहिले पनि उनि प्रधानमन्त्रीले संसद विघटन गरेरै भएपनि नयाँ चुनावमै जाने पर्ने धारणा राखेर बसेका छन् । पछिल्लो प्रकरणमा बन्ने समिकरणमा काँग्रेस, माओवादी केन्द्र र जसपा एक हुनै पर्दछ । तर, परिस्थिती हेर्दा सिंगो जसपा समिकरणमा आईहाल्ने अबस्था देखिंदैन ।

संसद भित्र ३४ सिट रहेको जसपा यतिबेला सरकारको विरोध र समर्थनमा स्पष्ट दुई चिरामा विभक्त छ । ओली सरकारको समर्थनमा रहेको पक्षलाई मनाउन देउवाले जसपाले शर्तका रुपमा राख्दै आएका, रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायतका बिषयलाई सम्बोधन गर्ने विश्वास दिलाउनै पर्ने हुन्छ । यो नभएसम्म नयाँ समिकरणमा जसपा एकीकृत रुपमा आउन मुश्किल छ ।

यस्तोमा देउवा जोखिम मोलेर प्रधानमन्त्री बन्नु भन्दा ओलीकै नेतृत्वमा भए पनि चुनावमा जाँदा फाइदा हुने निष्कर्षमा पुगेका हुन् । त्यसैले पनि जसपा मानेर एकिकृत रुपमा समिकरणमा आउँदछ भने ठिकै छ, हैन भने जसपालाई बढी मानमनितो नगर्ने पक्षमा देउवा छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);