दशरथ रंगशाला फुटबल मैदानको अन्तर्राष्ट्रिय मान्यता गुम्दै,एसियाली फुटबल महासंघले मैदान र रंगशाला निरीक्षणपछि विभिन्न पक्षमा उठायो गम्भीर प्रश्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

दशरथ रंगशाला फुटबल मैदानको अन्तर्राष्ट्रिय मान्यता गुम्दै,एसियाली फुटबल महासंघले मैदान र रंगशाला निरीक्षणपछि विभिन्न पक्षमा उठायो गम्भीर प्रश्न

dashrath

दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले.अब त्यो हैसियत पनि गुमाउने भएको हो ।

एसियाली फुटबल महासंघ एएफसीले गत साता मैदान र रंगशाला निरीक्षण गरेपछि विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फाका अनुसार ंरंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर प्रश्न गरेको छ ।
प्रारम्भिक चरणको निर्णयपछि एएफसीले एन्फालाई अन्तर्राष्ट्रिय खेल आयोजना गर्न नदिने भएको छ । यस विषयमा एन्फाले एएफसीसँग छलफल भने गरिरहेको छ ।

हालको अवस्था कायम रहे नेपालले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल गराउन पाउने छैन । मुख्यगरी अर्को महिना हुने फिफा विश्वकप छनोटअन्तर्गत यूएईविरुद्ध खेल नहुने भएको छ । सँगसँगै एएफसीले रंगशाला अयोग्य भनेसँगै एएफसीका क्लब प्रतियोगितामा पनि नेपालले खेल्न नपाउने जोखिम बढेको छ ।

एएफसीको क्लब लाइसेन्स प्राप्त गर्न आफ्नै मैदान आवश्यक हुन्छ । तर नेपालमा क्लबको आफ्नो मैदान नभएकाले रंगशालालाई नै मुख्य मैदान देखाउने गरिएको थियो । नेपालले अघिल्लो महिना बहराइनविरुद्ध हुनुपर्ने खेल पनि रंगशालाको स्थितिकै कारण गुमाइसकेको छ । त्यसबेला बहराइनले मैदानको अवस्थाका कारण खेल्न नमानेको हो ।

त्यसपछि राष्ट्रिय खेलकुद परिषदले एन्फाबाट मैदान हेरचाहको जिम्मेवारी खोसेको छ । राखेपले जिम्मेवारी लिएपछि निरन्तर मैदान सुधार्ने काम भएपनि एएफसीले मैदानलाई मान्यता नदिएको हो । फ्लड लाइट र सुरक्षा नीतिबारे भने रंगशालामा भौतिक रुपमा नै परिवर्तन गर्नुपर्ने अवस्था छ । यसका लागि राखेप र सरकारबाट नै कदम चाल्नुपर्ने अवस्था आएको छ । ००००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);