नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न भारतीय टोली आज आउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न भारतीय टोली आज आउँदै

काठमाडौं। नेपालविरुद्ध दुई मैत्रीपूर्ण फुटबल खेलका लागि भारतीय फुटबल टोली सोमबार नेपाल आउँदै छ ।

यही भदौ १७ र २० गते दशरथ रंगशालामा हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबलको ३७ सदस्यीय टोली आउन लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ । दुवै खेलले फिफा मान्यता पाएका छन् ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले २५ खेलाडी तथा १२ अफिसियल साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्।

गत बिहीबार अल इण्डियन फुटबल फेडेरेशन ९एआइएफएफ० ले २५ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टिमको कप्तान सुनिल क्षेत्री छन् । यस्तै गोलरक्षक गुरप्रीत सिंह सन्धु समेत नेपाल भ्रमणमा रहनेछन् ।

नेपाल भ्रमणमा रहँदा भारतीय टोली होटल सोल्टी क्राउनमा बस्ने महासचिव तुलाधरले बताए । टोलीले सातदोबाटो स्थित एन्फा मैदान, दशरथ रंगशाला र आर्मी मैदानमा अभ्यास गर्ने कार्यक्रम छ ।

नेपालले समेत भारतविरुद्ध खेलका लागि टोली घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय टोली छनोट गरेका थिए । १५ दिन पोखरामा अभ्यास गरेपछि नेपाली टोली आइतबार काठमाडौं फर्किएको हो ।

भारतीय टोलीमा को को छन् ?

गोलरक्षक स् गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोईरङथेम, अम्रिन्दर सिंह ।

डिफेण्डर स् राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव दसाई, शुभाशीश बोस, सेरिटन फर्नाण्डेज ।

मिडफिल्डर स् अनिरुद्ध थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेस सिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया, विपिन सिंह ।

स्ट्राइकर स् मनविर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फरुख चौधरी

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);