राष्ट्रिय पुरुष टोली छनोट : अभिषेक आउट, राजन र नितिनले पहिलोपटक पाए मौका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रिय पुरुष टोली छनोट : अभिषेक आउट, राजन र नितिनले पहिलोपटक पाए मौका

काठमाडौं । भारतसँग हुने मैत्रीपूर्ण खेलको लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतसँग हुने २ मैत्रीपूर्ण खेलका लागि २५ सदस्यीय टोली घोषणा गरेको हो ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले गरेको घोषित टोलीमा युवा स्ट्राइकर अभिषेक रिजालले स्थान बनाउन सकेनन् । यस्तै अन्तिम २८ बाट गोलरक्षक अर्पण कार्की र शिशिर लेखी पनि बाहिर रहे । अर्पण र शिशिरले हालसम्म राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका छैनन् ।

यस्तै डिफेण्डर राजन गुरुङ र मिडफिल्डर नितिन थापाले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । यता, अभिषेक रिजाल भने प्रशिक्षक योहान कालिनले मलेसियाविरुद्ध डेब्यू गराएपछि पहिलो पटक राष्ट्रिय टोली बाहिर रहेका हुन् ।

यसपटक सुजल श्रेष्ठ टोलीमा आगमन गरेका छन् । यसअघि उनि चोटका कारण टोली बाहिर रहेका थिए । नेपालले भदौ १७ र २० गते भारतीय राष्ट्रिय टोलीसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

२५ सदस्यीय टोली

गोलरक्षक: किरण कुमार लिम्बु, दिप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु ।

डिफेण्डर: अनन्त तामाङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, राजन गुरुङ, रोहित चन्द, सुमन अर्याल ।

मिडफिल्डर: आयुष घलान, अन्जन विष्ट, बिशाल राई, कमल थापा, मनिष डांगी, नितिन थापा, पुजन उपर्काेटी, सन्तोष तामाङ, सुजन श्रेष्ठ, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ ।

स्ट्राइकर: आशिष लामा, नवयुग श्रेष्ठ, सुमन लामा ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);