राष्ट्रिय फुटबल टोलीले कतारमा बन्द प्रशिक्षण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

राष्ट्रिय फुटबल टोलीले कतारमा बन्द प्रशिक्षण गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा गराउने भएको छ । बिहीवार एन्फाले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा हुने जनाएको हो । हाल नेपाली टोली भारतसँग हुने दुई मैत्रीपूर्ण खेलको लागि पोखरामा प्रशिक्षणरत छ । मुख्य प्रशिक्षक अब्द्दुलाह अल्मुताईरीले अन्तिम २५ खेलाडीलाई प्रशिक्षणमा राखेका छन् ।

यसपटक टोलीमा अनुभवी खेलाडी भरत खवास, विक्रम लामा, जर्ज प्रीन्स कार्की, रन्जित धिमाल, युवा स्ट्राइकर अभिषेक रिजाल लगायतका खेलाडी देखिने छैनन् । यस्तै युवा खेलाडी राजन गुरुङ, नितिन थापाले पहिलो पटक स्थान बनाएका छन् । यता, सुजल श्रेष्ठ, विशाल राईले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।

नेपालले भारतसँग दशरथ रंगशालामा यहि भदौ १७ र २० गते दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसलगत्तै नेपाली टोली सेप्टेम्बर १० मा कतार उड्नेछ । नेपालले आगामी साफ च्याम्पियनसिपको लागि कतारमा प्रशिक्षण गर्न लागेको हो ।

१७ दिनको कतार प्रशिक्षणपछि नेपाली टिम साफको लागि माल्दिभ्स प्रस्थान गर्नेछ । साफ अक्टोबर १ बाट १६ तारिखसम्म माल्दिभ्सको मालेस्थित अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);