सि डिभिजन लिगको छनोट खेल अन्तर्गत उद्घाटन खेल बराबरीमा रोकियो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सि डिभिजन लिगको छनोट खेल अन्तर्गत उद्घाटन खेल बराबरीमा रोकियो

काठमाडाैं । सि डिभिजन लिगको छनोट खेल अन्तर्गत उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ क्लबले च्याम्पियन ब्वाइज एफसीसँग बराबरी खलेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार भएको उद्घाटन खेलमा सतासीधाम र च्याम्पियनले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

सतासीधामका लागि मनिस लिम्बु र मिलन परियारले एक÷एक गोल गर्दा च्याम्पियनका थिरा राज राई र रञ्जन मगरले एक एक गोल आफ्नो नाममा लेखाएका थिए । त्यस्तै दोस्रो खेलमा एफसीएसले गोदावरीलाई ३–२ ले पराजित गर्दै सुखद सुरुआत गरेको छ ।

एफसीएसलाई जित दिलाउन नेत्र हिउमिन, समिर गुरुङ र सन्त लाल गुरुङले गर्दा गोदावरीका लागि कुशल महर्जन र मिलन तामाङले एक एक गोल गरेका थिए । आयोजक एन्फाले एक कार्यक्रमको आयोजना गरी सि डिभिजन छनोट खेल सुभारम्भ गरेको हो ।

जस अन्तर्गत बिहीबर दुई टोली आमने सामने भएका हुन् । सि सिभिजन लिगका लागि देशै भरबाट कुल ७८ क्लबले सहभागिता जनाउँदै छन् । एयस अघि एन्फाले ७९ क्लबले छनोट खेल्ने जनाएपछि काठमाडौं युनाइटेड क्लबले नाम फिर्ता लिँदा प्रतिस्पर्धी टोलीको संख्या ७८ पुगेको हो ।

एन्फाले सहभागि टोलीलाई १५ समूहमा विभाजन गरेको छ । छनोटमा सर्वाधिक धेरै टिम बागमती प्रदेशको रहेको छ । बागमतीबाट ६१ क्लब, प्रदेश १ बाट ७ र अन्य प्रदेशबाट २÷२ टिम सहभागी भएको एन्फाले जनाएको छ ।

छनोटबाट तीन टोली सि डिभिजनमा बढुवा हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);